Main News

खोप लगाउन पाएपछि युवा समूह उत्साहित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ६ गते २०:५१
खोप लगाउन पाएपछि युवा समूह उत्साहित (भिडियो रिपोर्टसहित)

६ साउन २०७८ काठमाडौं । काठमाडौंमा आजदेखि १८ वर्षभन्दा माथिको उमेर समूहलाई पनि खोप दिन शुरु गरिएको छ । खोप केन्द्रमा आज युवाको भीड देखियो । लामो लाइनमा बस्नुपरे पनि खोप पाएकाहरु खुसी थिए ।

अमरिकाबाट आएको जोन्सनको खोप ५० देखि ५४ वर्षका नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्ति, शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी लगायतलाई लक्षित गर्दै साउन चार गतेदेखि लगाउन शुरु गरियो । तर त्यसमा युवावर्ग परेनन् । तर लक्षित वर्गले खोप लगाउन इच्छा देखाएनन् ।

स्वास्थ्य सेवा विभागले काठमाडौ महानगरपालिकालाई १ लाख ४६ हजार डोज खोप उपलब्ध गराएको थियो। तर, खोप अभियानको दुई दिनमा जम्मा ४६ हजारले मात्रै खोप लगाए । त्यसैले स्वास्थ्य सेवा विभागले १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउने भन्दै सुचना जारी गर्यो । युवाहरु हतारिदै खोप केन्द्रसम्म पुगे ।

१८ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई पनि खोप लगाउने दिने घोषणासँगै काठमाडौंका केन्द्रमा खोप लगाउने बढे । आफ्नो पालो कहिले आउँछ भनेर कुरेर बसेका युवा खोप लगाउन पाएसँगै खुसी भएका छन् ।

खोप लगाउने लाइनमा भर्खर १८ वर्ष टेकेका युवा पनि छन् । जो कलेज पढ्छन् । उनीहरुको परीक्षा नजिँकिँदै छ । कोरोना महामारीकाबीच परीक्षाको समेत चिन्तामा रहेका विद्यार्थी पनि खोप पाएपछि ढुक्क बनेका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबारसम्म खोप लगाउने बताएको छ । खोप पाएसँगै युवा त उत्साही छन् नै यसअघि प्राथमिकतामा नपरेका वर्गमा पनि खुसीको सीमा छैन ।

खोप लगाउनेको भीडले व्यवस्थापनमा भने समस्या देखिएको छ । खोप केन्द्रको व्यवस्थापन पहिलेजस्तै भद्रगोल बनेको छ । खोप अभियान पटकपटक सञ्चालन गरेपनि स्वास्थ्य मापदण्ड र व्यवस्थापनको पाटोलाई भने सधै बेवास्ता गर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *