Main News

प्रधानमन्त्री देउवा र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

हिमालय टिभी
२०७८ साउन ६ गते १९:३४
प्रधानमन्त्री देउवा र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

६ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको सहमति लगायत विषयमा देउवा र विप्लवबीच कुराकानी भएको छ ।

अघिल्लो सरकार र विप्लव समूहबीच गत फागुन २१ गते ३ बुँदे सहमति भएको थियो । जसमा विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले नेकपाका नेता कार्यकर्ता रिहा गर्ने लगायतका तीन बुँदे सहमति भएको थियो । तर नेता कार्यकर्ता रिहा नभएपछि विप्लव नेकपाले रिहाईका लागि पहल गरिरहेको छ ।

भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँड पनि सहभागी हुुुनुहुन्थ्यो ।। प्रधानमन्त्री देउवालाई भेट्न विप्लवसहित खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, धर्मेन्द्र बाँस्तोला लगायत नेताहरू बालुवाटार पुग्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *