Main News

कोरोना नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रसँग प्रधानमन्त्री देउवाको आह्वान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ६ गते १९:१६
कोरोना नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रसँग प्रधानमन्त्री देउवाको आह्वान (भिडियो रिपोर्टसहित)

६ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ ।

नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले उद्योगी, व्यापारीले हातेमालो गरे महामारीबाट छिट्टै मुक्त हुन सकिन भन्दै सहयोगका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखीमा बदल्नुपर्ने बताउनुभयो । सरकारले कोरोना प्रभावित व्यवसायीलाई छिट्टै राहत प्याकेज ल्याउने पनि बताउनुभयो ।

कार्यक्रममा उद्योगपति तथा सांसद विनोद चौधरीले देशलाई शिक्षा, स्वास्थ्य तथा आईटी क्षेत्रमा विश्वको गन्तव्यस्थल बनाउन प्रधानमन्त्री र अर्थमन्त्री समक्ष आग्रह गर्नुभयो ।

उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली श्रमशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न ठोस नीति निर्माण गर्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा औद्योगिक क्षेत्रका श्रमिक तथा मजदुरलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकता दिन प्रधानमन्त्री र अर्थमन्त्रीसँग उद्योगीले आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *