Main News

कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु, २८३८ जना संक्रमित थपिए

हिमालय टिभी
२०७८ साउन ६ गते १६:५८
कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु, २८३८ जना संक्रमित थपिए

६ साउन २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणदर बढ्दै गएको छ । पछिल्ला केही दिनयता १९ प्रतिशतको हाराहारीमा रहेको संक्रमणदर २२ प्रतिशत नाघेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणबाट पछिल्लो पटक ३० जनाको मृत्यु भएको छ । २८ सय ३८ संक्रमित थपिएका छन् ।

संक्रमणमुक्त हुनेको संख्या भन्दा नयाँ संक्रमितको संख्या झण्डै दोब्बर छ । ८ हजार ७ सय १५ पीसीआर परीक्षण गर्दा १९ सय १८ र ३ हजार ९ सय १ एन्टिजेन परीक्षण गर्दा ९ सय २० जना संक्रमित पहिचान भएका छन् ।

काठमाडौं उपत्यकामा पनि संक्रमण बढेको छ । उपत्यकाका तीन जिल्लामा करिव ७ सय नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा थप ४ सय ९०, ललितपुरमा १ सय २८ र भक्तपुरमा ७९ जनामा संक्रमण पुष्टि भएको छ ।

थप १४ सय ७५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय ३२ पुगेको छ । आइसीयु र भेन्टिलेटरमा जानेको संख्या पनि निरन्तर बढेको छ ।

६ सय ७१ जनाको आइसीयु र १ सय ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *