Main News

कोरोनाविरुद्ध पूर्वतयारीका लागि प्रधानमन्त्री देउवालाई विज्ञले दिए यस्तो सुझाव

हिमालय टिभी
२०७८ साउन ६ गते १४:३६
कोरोनाविरुद्ध पूर्वतयारीका लागि प्रधानमन्त्री देउवालाई विज्ञले दिए यस्तो सुझाव

६ साउन २०७८ काठमाडौं । कोरोना महामारी रोकथामका लागि पूर्वतयारी गर्न भन्दै आठ जना विज्ञले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएका छन् ।

उनीहरुले योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छविको स्वास्थ्यमन्त्री नियुक्त गर्न पहिलो सुझाव दिएका छन् । स्वास्थ्य प्रणालीको क्षमता बढाउनसमेत उनीहरुको सुझाव छ ।

तेस्रो लहरको पूर्वानुमान भैरहेका बेला विज्ञले नयाँ प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गरेका छन् । अस्पतालमा बेड, एचडीयू, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि उनीहरुले माग गरेका छन ।

उनीहरुले संयुक्त रुपमा कोभिडको परीक्षण आइसोलेसन र कन्ट्याक्ट ट्रेसिङ बढाउन सुझाव दिएका छन् । अक्सिजन उत्पादन र आपूर्ति क्षमता बढाएर सहरका वडा र गाउँपालिकामा अक्सिजन बैंक स्थापना गर्न उनीहरुको माग छ ।

राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहितको सुझाव तथा सल्लाहलाई मान्न पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।

CamScanner 07-20-2021 15.43

CamScanner 07-20-2021 15.43
CamScanner 07-20-2021 15.43
CamScanner 07-20-2021 15.43

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *