Main News

प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेट, सरकारमा सहभागिताबारे छलफल

हिमालय टिभी
२०७८ साउन ६ गते १३:२७
प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेट, सरकारमा सहभागिताबारे छलफल

६ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ठाकुर पक्षको माग र सरकारमा सहभागिताका विषयमा केन्द्रित रहेको बताइएको छ । प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर बिहान बालुवाटार पुग्नुभएको थियो ।

देउवालाई संसदमा ठाकुर पक्षले पनि विश्वासको मत दिएको थियो । त्यसअघि देउवाले ठाकुर पक्षका नेताहरुसँगको छलफलमा उनीहरुका माग सम्बोधन गर्ने आश्वासन दिनुभएको थियो ।

भेटमा ठाकुरले माग विश्वासको मत दिँदा भएको सहमति कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।

जसपाको ठाकुर पक्षको केन्द्रीय कार्यकारिणी समितिले रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय उठाइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *