Main News

एकताका लागि अहंकार र कुण्ठा त्याग्न ओली र नेपाललाई सचिव भट्टराईको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ६ गते १३:२१
एकताका लागि अहंकार र कुण्ठा त्याग्न ओली र नेपाललाई सचिव भट्टराईको आग्रह (भिडियो रिपोर्टसहित)

६ साउन २०७८ काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी एकताका लागि अहंकार र कुण्ठा त्याग्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेपाल माधवकुमार नेपाललाई आग्रह गर्नुभएको छ ।

हिमालय टेलिभिजनसित कुरा गर्दै भट्टराईले ओली र नेपालका कारण पार्टी समस्यामा परेको बताउनुभयो ।

सचिव भट्टराईले नेकपा एमाले विभाजनको ठाउँमा नपुगेको दाबी पनि गर्नुभयो । सतहमा हेर्दा एमाले विभाजन उन्मुख देखिए पनि वास्तविकता त्यस्तो नरहेको र पार्टीभित्र एकताको पक्ष बलियो रहेको दाबी गर्नुभयो ।

वरिष्ठ नेता माधवकुमार नेपालको समूह छोडेर ओलीतिर लागेको चर्चा चलिरहेका बेला भट्टराईले आफू पार्टीको कुनै समूहमा नलागेको र पार्टी एकताको पक्षमा उभिएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *