Main News

जोन्सन एण्ड जोन्सन खोप १८ वर्षमाथिका सबैले लगाउन सक्ने

हिमालय टिभी
२०७८ साउन ६ गते १३:०८
जोन्सन एण्ड जोन्सन खोप १८ वर्षमाथिका सबैले लगाउन सक्ने

६ साउन २०७८ काठमाडौं । अमेरिकी कम्पनीले उत्पादन गरेको जोन्सन एण्ड जोन्सनको खोप आजदेखि काठमाडौंमा १८ बर्षभन्दा माथिका सबैले पाउने भएका छन् ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले आजदेखि १८ वर्षभन्दा माथिका सबै उमेर समूहकालाई खोप दिन लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य सेवा विभागले काठमाडौंलाई १ लाख ४६ हजार डोज खोप उपलब्ध गराएको थियो। तर, दुई दिनमा जम्मा ४६ हजारले मात्रै खोप लगाएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। अब १ लाख डोज खोप बाँकी नै छ।

यो खोप कार्यक्रम भोली र पर्सी सम्म चल्ने उहाँले जानकारी दिनुभयो । काठमाडौंमा ५५ भन्दा बढी खोप केन्द्रमा जोन्सन एण्ड जोन्सनको खोप दिइएको छ । जोन्सन एण्ड जोन्सन खोप साउन ४ गतेदेखि लगाउन थालिएको हो ।

यसअघि देशभरका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, अपांगता भएका व्यक्ति, नेपालमा बसिरहेका शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई यो खोप दिइएको छ ।

अमेरिकाले अनुदान स्वरुप १५ लाख भन्दा बढी डोज खोप नेपाललाई उपलब्ध गराएको हो ।

प्रतिक्रिया

One thought on “जोन्सन एण्ड जोन्सन खोप १८ वर्षमाथिका सबैले लगाउन सक्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *