Main News

आज गण्डकी र बाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ साउन ६ गते ९:०९
आज गण्डकी र बाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना

६ साउन २०७८ काठमाडौं । आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने भएको छ ।

हाल देशको प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, गण्डकी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बाग्मती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *