राजनीति

शालिनता सिकाउने ओलीका कार्यकर्ताको सडकमा यस्तो अमर्यादित तमासा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ५ गते २०:३०
शालिनता सिकाउने ओलीका कार्यकर्ताको सडकमा यस्तो अमर्यादित तमासा (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । उनीहरुले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध अमर्यादित नाराबाजीसमेत गरेका छन् ।

यी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकर्ता हुन् । अब उनीहरुले लगाउने नारा सुनौं ।

केही दिनअघिसम्म प्रधानमन्त्री पदमा हुँदा केपी शर्मा ओलीले सरकारको आलोचना गर्दा अरुलाई संस्कार र सभ्यता सिकाउनुहुन्थ्यो । र, सरकारको विरोधमा प्रदर्शन हुँदा त्यसको पनि चर्को आलोचना गर्नुहुन्थ्यो ।

तर सत्ताच्यूत भएपछि उहाँका कार्यकर्ताका लागि सामान्य भैरहेको छ । र, निशानामा हुनुहुन्छ वरिष्ठ नेता माधवकुमार नेपाल । नेपालका विरुद्ध ओलीका कार्यकर्ता यसरी अमर्यादित नाराबाजी गरिरहेका छन् ।

यसरी नेपालविरुद्ध नारा भट्टयाउने यी युवा केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरिसकेका व्यक्ति हुन् । उनी चर्को स्वरमा नारा भट्याउँछन् र अरुले समेत स्वरमा साथ दिन्छन् ।

वरिष्ठ नेता नेपालविरुद्ध केपी शर्मा ओली निकट हरेक दिन जसो प्रदर्शन हुन थालेको छ, सोमबार पुतला दहन गरेका ओलीका कार्यकर्ताले मंगलबार नयाँ बानेश्वरमा प्रदर्शन र नाराबाजी गरे । तर नाराबाजी राजनीतिकभन्दा अमर्यादित, अराजनीतिक र गाली गलौज मात्रै छ ।

उनीहरु भनिरहेका छन, बा अर्थात केपी ओलीबाहेक सबै बेठिक छन् । सत्ता छोड्नु परेकोमा उनीहरु यति आक्रोशित छन् कि अदालत पनि उनीहरुको निशानमा छ । प्रधानमन्त्री शेरबहादुर देउवा र अहिलेको सरकार बनाउन भूमिका खेल्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि तारो बन्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका कार्यकर्ताले वरिष्ठ नेता नेपालविरुद्ध जे जस्ता गतिविधि गरिरहेका छन, त्यसले त्यो पार्टीभित्र अब मिलन होइन, भीडन्तको संभावना पनि देखिएको छ ।

किनकी ओली पक्षले युथ फोर्स गठन गरेपछि नेपालका कार्यकर्ताले पनि अखिल फोर्स बनाएका छन् । तर पछिल्लो विषय अरुलाई सभ्यता र संस्कार सिकाउने ओलीकै कार्यकर्ता यसरी अराजनीतिक ढंगले पेश हुनु, ओलीमा कथनी र करनी फरक छ भन्ने देखाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्