Main News

मन्त्रिपरिषद् विस्तार नहुँदा विधेयकहरुमाथिको छलफलमा समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ५ गते १८:४२
मन्त्रिपरिषद् विस्तार नहुँदा विधेयकहरुमाथिको छलफलमा समस्या (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापना भएपनि मन्त्रिपरिषद् विस्तार नहुँदा संसदका विभिन्न समितिमा विचाराधिन रहेका विधेयकको काम अघि बढ्न नसक्ने भएको छ ।

सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गरेसँगै यसअघि निष्क्रिय बनेका विधेयकले पुनर्जीवन पाएका छन् । प्रतिनिधि सभामा मात्रै ३६ वटा विधेयक विचाराधिन छन् ।

यसभित्र दर्तामात्रै भएका देखि संसदबाट पास हुन बाँकी रहेकासम्म विधेयक छन् । ति विधेयक पास गर्न सम्बन्धित मन्त्रालयको भुमिका महत्वपूर्ण हुने भएकाले मन्त्रीको अनुपस्थितिमा विधेयकको काम अघि बढाउन नसकिने संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले बताउनुभयो ।

सम्बन्धित मन्त्रालयले पूर्णता पाएमा विधेयकको काम अघि बढाउन सकिने प्रवक्ता पाण्डेले बताउनुभयो । दूरगामी महत्व राख्ने कानुन बन्न नसक्दा समस्या पार्न सक्ने पनि उहाँले बताउनुभयो ।

अहिले प्रतिनिधि सभाका बिभिन्न समितिमा २०७५ साल देखि छलफमा रहेका बिधेयक पनि छन् । सबैभन्दा धेरै अर्थमन्त्रालयका ७ वटा विधेयक छलफलमा छन् ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *