Main News

कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ गतेसम्म सञ्चालन हुने

हिमालय टिभी
२०७८ साउन ५ गते १८:२२
कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ गतेसम्म सञ्चालन हुने

५ साउन २०७८ काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ देखि भदौ ९ गतेसम्म सञ्चालन हुने भएको छ ।

आज बसेको बोर्ड बैठकले कोभिड—१९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर साउन ३१ देखि भौतिकरुपमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाकारी दिनुभयो ।

बोर्डले परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरेको छ । देशभरमा चार हजार तीन सय १० परीक्षा केन्द्र कायम भएका छन् । सञ्चालनका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सर्त सहित अनुमति दिएको थियो ।

सिसिएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक भौतिक उपस्थितिमा होम सेन्टरमा परीक्षा सञ्चालनको निर्णय गरेको हो । कक्षा १२ मा झण्डै पौने चार लाख विद्यार्थी छन् ।

गत जेठमा तय गरेको परीक्षा कोभिढ—१९को संक्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मुल्याङ्कनका लागि परीक्षा लिएको थियो । तर यस वर्षभने सतप्रतिशत नै परीक्षा लिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *