Main News

कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु, ३१०८ संक्रमित थपिए

हिमालय टिभी
२०७८ साउन ५ गते १७:०१
कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु, ३१०८ संक्रमित थपिए

५ साउन २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण दिनदिनै बढ्न थालेको छ । पछिल्लो पटक ३१ सय भन्दा बढी संक्रमित थपिएका छन् ।

निषेधाज्ञा खुलेपछि संक्रमणदर २० प्रतिशत भन्दा बढी छ । पछिल्लो २४ घण्टामा १३ हजार १ सय ३५ परीक्षण गर्दा ३१ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

८ हजार ८ सय ३६ पीसीआर परीक्षण गर्दा २२ सय २ तथा ४ हजार २ सय ९९ एन्टिजेन परीक्षण गर्दा ९ सय ६ जना संक्रमित भेटिएका हुन् । काठमाडौं उपत्यकामा पनि संक्रमण बढेको छ ।

उपत्यकाका तीन जिल्लामा ७ सय १९ संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा ५ सय ३१, ललितपुरमा १ सय ४७ र भक्तपुरमा ४१ जना छन् ।

उपत्यकावाहिर मोरङमा २ सय ५२, झापामा १ सय ७८, सुनसरीमा १ सय ६५, कास्कीमा १ सय २६ र चितवनमा १ सय २५ संक्रमित थपिएका छन् ।

पछिल्लो पटक १५ सय ९५ जनामात्रै संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय १९ पुगेको छ । गम्भीर अवस्थाका संक्रमितको संख्या पनि बढेको छ ।

आइसीयुमा ५ सय ९२ र भेन्टिलेटरमा १ सय ७२ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमणबाट थप २५ जनाको ज्यान गएको छ । यो सँगै मृतकको संख्या ९ हजार ६ सय ७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *