Main News

भारतस्थित नेपाली राजदूत आचार्यको पेगाससको माध्यमबाट जासुसी

हिमालय टिभी
२०७८ साउन ५ गते १६:००
भारतस्थित नेपाली राजदूत आचार्यको पेगाससको माध्यमबाट जासुसी

५ साउन २०७८ काठमाडौं । इजरायलमा विकसित पेगासस स्पाइवेयर सफ्टवेयरको प्रयोग गरेर भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यको पनि जासुसी गरेको पाइएको छ ।

पेगासस स्पाइसवेयरको माध्यममा भारतमा नेपालसहित विभिन्न देशका राजदूतका फोन जासुसी सम्भावित सूचीमा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

दिल्लीस्थित नेपाली राजदूत आचार्यसहित इरान, अफगानिस्तान, चीन र साउदी अरेबियाका राजदूतको जासुसी गरिएको फ्रान्सेली अखबार द मोन्डे र भारतीय अखबार द हिन्दूले लेखेका छन् ।

पेगाससले विश्वका सरकारले आफ्ना आलोचक पत्रकार, राजनीतिज्ञ र कूटनीतिज्ञको मोबाइल ह्याक गरी गोप्य जासूसी गरेका १७ वटा अन्तर्राष्ट्रिय मिडियाको रिर्पोटिङले खुलासा गरेको थियो ।

भारतमा सन् २०१७ देखि २०२१ सम्म यसरी जासूसी गरिएको प्रमाण भेटिएको प्रतिवेदनमा जनाइएको छ । भारतले आफूसँग तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानका प्रधानमन्त्रीको पनि गोप्य जासुसी गरेको द हिन्दूले जनाएको छ ।

एसियादेखि अमेरिकासम्मका सरकारले पेगाससको माध्यमबाट रिपोर्टरको जासूसी गरेको जनाइएको छ । केही देशका सरकारले पत्रकारलाई निगरानीमा राखेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *