Main News

सत्ता साझेदार दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल तिब्र

हिमालय टिभी
२०७८ साउन ५ गते १३:०३
सत्ता साझेदार दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल तिब्र

५ साउन २०७८ काठमाडौं । सत्ता साझेदार दलहरुबीच मन्त्रिपरिषद् बिस्तारबारे छलफल तिब्र भएको छ ।

आज बिहान प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको छलफलबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउनुभएको छ ।

नेकपा एमालेको नेपाल–खनाल समूह सरकारमा जाने निश्चित भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको चाहनापछि प्रचण्डले छलफललाई तिब्रता दिनुभएको हो ।

अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बिहान वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै छलफल गर्नु भएको थियो । मन्त्रिपरिषद विस्तारबारे प्रचण्ड र यादवले नेता नेपालको निवास कोटेश्ववर पुगेर छलफल गर्नु भएको हो ।

प्रचण्ड र नेपालबीच करिब एक घण्टा छलफल भएलगत्तै उपेन्द्र यादव कोटेश्वर पुग्नु भएको थियो । प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत पाइसकेपछि अब जसपा र एमालेको नेपाल पक्षलाई सरकारमा सहभागी गराउने तयारी छ ।

मन्त्रालय भागबण्डा र विशेषगरी माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउन आवश्यक कानूनी तथा राजनीतिक प्रबन्ध मिलाउन शीर्ष तहमा छलफल भएको हो ।

प्रधानन्त्री देउवाले नेपाल पक्षको सरकारमा सहभागिताको निर्णय आएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्नुहुने भएको छ । यसबीचमा जसपाको आधिकारिकता विवाद पनि निर्वाचन आयोगबाट टुंगो लाग्ने भएकाले उपेन्द्र यादव माधव कुमार नेपाललाई भेट्न पुग्नु भएको हो ।

वरिष्ठ नेता नेपालसँगको भेटपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न उहाँको सरकारी निवास बालुवाटार पुग्नु भएको हो । अहिले देउवा मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट प्रधानमन्त्रीसहित तीन र माओवादीबाट दुई जना मन्त्री छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *