Main News

नेपालका चार ठुला नदीमा पानी जहाज सञ्चालन गर्न सकिने अध्ययनको निष्कर्ष

हिमालय टिभी
२०७८ साउन ५ गते ८:०४
नेपालका चार ठुला नदीमा पानी जहाज सञ्चालन गर्न सकिने अध्ययनको निष्कर्ष

५ साउन २०७८ काठमाडौं । नेपालका ठूला चारवटा नदीमा पानीजहाज सञ्चालन गर्न सकिने सम्भावना देखिएको छ ।

नेपाल पानीजहाज कार्यालयले गराएको एक अध्ययनमा कोसी, नारायणी, काली गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्न सम्भव देखिएको हो ।

कोसी, नारायणी, काली गण्डकी र कर्णालीमा पानी जहाज चलाउन सकिने–नसकिने सम्भाव्यता अध्ययन गरिएको थियो ।

अध्ययनले ती नदीहरूमा पानीजहाज चलाउन सम्भव रहेको देखाएको कार्यालयका रजिस्ट्रार विपिन राजभण्डारीले जानकारी दिनुभयो ।

परामर्शदाता कम्पनीहरूले अध्ययन प्रतिवेदन नेपाल पानीजहाज कार्यालयलाई बुझाइसकेका छन् । गत आर्थिक वर्षको असारमा अध्ययन सम्पन्न भएको थियो । त्यसैगरी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेसन राख्ने सम्भाव्यता रहेको देखिएको छ ।

पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटरमा पानी जहाज सञ्चालन गर्न देवघाट र रामपुरमा सबस्टेसन स्थापना गर्न सकिने अध्ययनको सुझाव छ ।

कालीगण्डकीमा दुईतर्फी पानी चलाउन सकिने अध्ययनले देखाएको छ । आर्थिक वर्ष २०७८र७९ को बजेटमा समेत पाल्पाको राम्दीदेखि देवघाटसम्म जल यातायात सञ्चालनको अध्ययनका लागि बजेट समेत व्यवस्थापन गरिएको छ ।

नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्त रूप दिन नेपाल पानीजहाज कार्यालय स्थापना भएको तीन वर्ष बित्न लाग्दा पनि कार्यालयले राम्रोसँग काम अघि बढाउन सकेको छैन ।

२०७५ माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले पानीजहाज कार्यालय खोल्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *