Main News

पूर्वराष्ट्रपतिका यादवका छोराको कांग्रेस कार्यालयमा आमरण अनशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ४ गते २०:३४
पूर्वराष्ट्रपतिका यादवका छोराको कांग्रेस कार्यालयमा आमरण अनशन (भिडियो रिपोर्टसहित)

४ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि असार २० गते भित्र नै क्रियाशील सदस्यताको विषय टुंगो लाग्नुपर्ने थियो । तर थप गरिएको असार मसान्तसम्म पनि विवाद समाधन हुन सकेन । विवादकै बीच पार्टीको केन्द्रीय कार्यालय सानेपामा एक समूहले आमरण अनसन शुरु गरेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन भदौ १६ देखि २० गतेसम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका बनाइएको छ । तर अहिलेसम्म पनि क्रियाशील सदस्यता विवाद कायमै छ । अहिलेसम्म टुङ्गो लागेका भनिएका स्थानमा पनि विवाद बल्झिएको छ ।

पूर्व राष्ट्रपति रामवरण यादवका छोरा पूर्व सांसद चन्द्रमोहनको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसन नै शुरु गरिएको छ । धनुषामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको अनसनकारीको दाबी छ ।

क्रियाशील सदस्यता विवाद समाधानका लागि भन्दै केन्द्रीय छानबिन समितिले मापदण्ड बनाएको छ । तर त्यो मापदण्ड आफूहरुको हकमा मान्य नहुने अनसनकारीको दाबी छ ।

जिल्ला छानबिन समितिले दिएको रिपोर्ट अनुसार नै विवाद समाधान गर्नुपर्ने र व्यक्तिगत स्वार्थका आधारमा वितरण गरिएका सदस्यता खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

धनुषामा एकतर्फी रुपमा सदस्यता वितरण भएको भन्दै केही दिनदेखि सानेपामा धर्ना शुरु भएको थियो । धर्नामा धनुषाबाहेक बारा र मकवानपुरका नेता कार्यकर्ता पनि सहभागी थिए ।

धर्नामा केन्द्रीय नेतासमेत पुगेर ऐक्यबद्धता जनाएका छन् । क्रियाशील सदस्यता वितरणमा धाँधली भएको केन्द्रीय नेताको पनि स्वीकारोक्ति छ ।

संवैधानिक र कानूनी रुपमा कांग्रेसले भदौभित्र महाधिवेशन गर्नैपर्छ । तर क्रियाशील सदस्यताको विवाद अझै मिलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *