खोप केन्द्रमा प्रधानमन्त्रीको निरीक्षण : सबै खोप केन्द्रमा भद्रगोल, कोरोना फैलिने जोखिम (भिडियो रिपोर्टसहित)

४ साउन २०७८ काठमाडौं । कोरोनाविरूद्धको खोप लगाउने केन्द्र व्यवस्थित नहुँदा नागरिकलाई सास्ती भइरहेको छ । खोप केन्द्रमा भीड बढी भएको, धेरै समय लाइन बस्नु पर्दा नागरिकले हैरानी खेप्नुपरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज खोप केन्द्रको निरीक्षण गर्नुभयो । तर कुनै पनि खोप केन्द्र व्यवस्थित भेटिएनन् ।
यो काठमाडौंको जोरपाटीस्थति जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको दृश्य । जहाँ अमेरिकाबाट आएको कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने अभियानको शुभारम्भ हुँदैछ ।
अभियान शुरु गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी दूत राजदूत र्याण्डी बेरी पुग्नु भएको छ । तर उहाँहरु सबेको ड्यासपछाडीको भित्तामा भएको यो ब्यानरमा आज २०७८ साल साउन ४ गतेको हैन। एक महिनाअघि असार ४ गतेको मिति छ ।
मानवीय त्रुटीले ब्यानरमा मिति गल्ती भयो होला यो सामान्य हो । तर यो लापरबाही वा त्रुटी ब्यानरमा मात्र सिमित छैन । ब्यानरबाट शुरु भएको त्रुटी खोप केन्द्रमा लापरबाहीका रुपमा प्रकट भइरहेको छ । कोरोनाको खोप लगाउने अधिकांश केन्द्र अव्यवस्थित र भद्रगोल छन् ।
काठमाडौमा अहिले मात्रै होइन शुरुदेखि नै खोपकेन्द्रमा भद्रगोल छ । खोपकेन्द्र व्यवस्थित नभएको, नागरिकले दुख पाएको भनेर पटक पटक सरकारको आलोचना हुने गरेको छ । तर पनि खोपकेन्द्र व्यवस्थित बनाउन कसैको पनि ध्यान पुगेको छ ।
खोप केन्द्र व्यवस्थित नभएको गुनासो आएपछि प्रधानमन्त्री शेरबहादुर देउवा नै निरीक्षणमा निस्किनुभयो । उहाँले अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा सञ्चालल गरेको खोप केन्द्र तथा ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गर्नुभयो । तर प्रधानमन्त्री पुगेका सबै केन्द्रमा उस्तै अव्यवस्था देखियो ।
हरेक केन्द्रमा नागरिक ठेलमठेलम गरेर लाइनमा बसेका छन् । सामाजिक दूरी पालना गरिएको छैन् । भीड र अव्यवस्था बढेपछि टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालले खोप लगाउन नै बन्द गर्यो । खोप लगाउन आएकालाई सुरक्षाकर्मीले माइकिङ्ग गर्दै घर पठाए ।
खोप केन्द्र व्यवस्थित नहुँदा त्यहीबाट कोरोना संक्रमण फैलने जोखिम छ । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख ३४ हजार डोज जोन्सनको खोप अनुदानमा दिएको छ । यो अहले बागमति र गण्डकी प्रदेशका ५० देखि ५४ वर्ष उमेर समुहकालाई लगाइँदै छ ।
यस्तै अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थी तथा विदेश जान भिषा लागिसकेका नागरिकलाई पनि दिने भनिएको छ । प्रधानमन्त्री देउवाले खोप केन्द्रको निरीक्षण गर्दै व्यवस्थित बनाउन निर्देशन त दिनुभएको छ । तर कार्यान्वयन हुनेमा भने आशंका छ ।
प्रतिक्रिया