Main News

कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु, २४४५ संक्रमित थपिए

हिमालय टिभी
२०७८ साउन ४ गते १६:५३
कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु, २४४५ संक्रमित थपिए

४ साउन २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । २४ सय ४५ संक्रमित थपिएका छन् ।

लामो समयको निषेधाज्ञा र खोप अभियान जारी रहे पनि संक्रमणदर भने अझै घट्न सकेको छैन । पछिल्लो पटक ११ हजार ६ सय ६४ जनाको परीक्षण गर्दा २४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संख्या २० प्रतिशतभन्दा बढी हो । स्वास्थ्य मन्त्रालयको अनुसार ७ हजार ८ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा १६ सय ४२ र ३ हजार ८ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ३ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा पनि संक्रमणदर स्थिर छ । उपत्यकाका तीन जिल्लामा ४ सय ७४ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ सय ३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ नयाँ संक्रमित भेटिएका छन् ।

उपत्यका बाहिर झापा, मोरङ, सुनसरी र कास्कीमा एक सयभन्दा बढी संक्रमित थपिएका छन् । संक्रमणबाट थप ३२ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९ हजार ५ सय ८२ पुगेको छ । त्यस्तै थप १२ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै निको हुनेको संख्या पनि ६ लाख ३३ हजार ३ सय ३२ पुगेको छ । देशभर २५ हजार ८ सय ३७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जानएको छ । जसमध्ये ५ सय ६४ जना आइसीयू र १ सय ५५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

२३ हजार ३ सय ३४ संक्रमित होम आइसोलेन र २ हजार ५ सय ३ संक्रमित संस्थागत आसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *