Main News

एमसीसीबारे प्रचण्ड–आवश्यक परिमार्जन गरेपछि मात्रै पारित हुन्छ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ४ गते १५:१०
एमसीसीबारे प्रचण्ड–आवश्यक परिमार्जन गरेपछि मात्रै पारित हुन्छ (भिडियो रिपोर्टसहित)

४ साउन २०७८ काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी वर्तमान सरकारले जस्ताको तस्तै पारित नगर्ने बताउनुभएको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै प्रचण्डले एमसीसीमा आवश्यक परिमार्जन गरेपछि मात्रै पारित गर्ने बताउनुभयो । अहिले एमसीसी प्राथमिकताको विषय पनि नभएको उहाँले बताउनुभयो ।

एमसीसीमा नेपालको हित विरोधी विषय रहेकाले त्यसमा परिमार्जन गर्नुपर्नेमा प्रचण्डले जोड दिनुभयो । नेपालको हितमा हुने विदेशी सहयोग लिनुपर्ने पक्षमा आफू रहेको पनि प्रचण्डले बताउनुभयो ।

नयाँ सरकार बनेसँगै अब एमसीसी के हुन्छ भनेर चर्चा चलिरहेका बेला प्रचण्डको प्रतिक्रिया आएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा जस्ताको तस्तै पारित गर्दा पनि समस्या नहुने बताउँदै आउनुभएको छ भने प्रचण्ड परिमार्जन गरेर एमसीसी पारित गर्ने पक्षमा हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *