Main News

पार्टीका बैठक प्रधानमन्त्री देउवाले बालुवाटारमा नराख्ने

हिमालय टिभी
२०७८ साउन ४ गते ९:२४
पार्टीका बैठक प्रधानमन्त्री देउवाले बालुवाटारमा नराख्ने

४ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने बताउनुभएको छ ।

पार्टी कार्यालय सानेपामा अनशनरत नेताहरूका कारण केही बैठक बालुवाटारमा राखिसक्नुभएका देउवाले आगामी दिनमा पार्टीसँग सम्बन्धित बैठक बालुवाटारमा नराख्ने प्रतिबद्धता जनाउनुभएको काँग्रेस नेता गगन थापाले जानकारी दिनुभयो ।

थापाले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ, प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौँ ।

उहाँले ‘पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्नँ’भन्ने विश्वास दिलाउनु भएको छ।’

नेता थापाले यो विश्वासलाई कायम राखिदिनका लागि पनि देउवासँग अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *