Main News
आजदेखि कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइँदै
२०७८ साउन ४ गते ७:५९

४ साउन २०७८ काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ।
एक पटक मात्रै लगाए पुग्ने यो खोप ५० देखि ५४ वर्ष उमेर समुहका लाई लगाइने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आजदेखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने जानकारी दिनुभयो ।
जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ।
आज देशका विभिन्न स्थानहरुमा खोप अभियान शुरु हुने सहप्रवक्ता डाक्टर अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया