Main News

देउवालाई विश्वासको मत निरंकुशताको पराजय जनताको जितः नेता नेपाल

हिमालय टिभी
२०७८ साउन ४ गते ७:५५
देउवालाई विश्वासको मत निरंकुशताको पराजय जनताको जितः नेता नेपाल

४ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको प्रतिक्रिया दिनुभएको छ ।

वरिष्ठ नेता नेपालसहित २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । यससँगै प्रधानमन्त्री देउवाले १६५ मत पाउनुभएको थियो ।

एमालेको १२१ सांसद भएपनि विपक्षमा ८३ मत मात्र परेको थियो । एक जना भने तटस्थ बसेका छन् । संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै वरिष्ठ नेता नेपालले संसदको यो निर्णयले पटकपटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि भएको बताउनुभएको हो ।

यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको भए पनि त्यो असफल भएको भन्दै नेता नेपालले निरंकुश प्रवृत्तिको पराजय हुँदै संविधान, संविधान निर्माणको भावना र जनताको जित भएको बताउनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *