नेपाल समूहका यी सांसदले मत नदिँदा एमालेका यी सांसदले दिए देउवालाई मत
४ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले पक्षमा मतदान गरेका छन् ।
देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।
देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।
त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।
यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसदआलेले देउवालाई विश्वासको मत दिएका हुन् । आलेले यसअघि प्रधानमन्त्री देउवालाई भेटेर आफु पक्षका सांसदलाई विश्वासको मत दिलाए बापत मन्त्री बनाउनुपर्ने प्रस्ताव गरेको भन्ने समाचार बाहिरिएको थियो ।
त्यस्तै तनहुँबाट निर्वाचित सांसद श्रेष्ठ, डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद बुढा, दाँङका केसी, मुगुका बमले पनि देउवालाई विश्वासको मत दिएका हुन् ।
यसैबीच नेपाल पक्षका दश सांसदले भने मतदान बहिस्कार गरे । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, राजबहादुर बुढा, झपट रावल र दिपकप्रकाश भट्टले बहिस्कार गरेका हुन् ।
प्रतिक्रिया