Main News

प्रधानमन्त्री देउवाद्वारा प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त (भिडियोसहित)

हिमालय टिभी
२०७८ साउन ३ गते २२:२६
प्रधानमन्त्री देउवाद्वारा प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त (भिडियोसहित)

३ साउन २०७८ काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाउनु भएको छ ।

आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको ‍‍‍‍१६५ मत पाउनु भएको हो भने विपक्षमा ८३ मत मात्रै खसेको छ । एक सांसद भने तटस्थ बसेका थिए । देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन् ।

एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गर्नुभएको हो । असार २९ गते प्रधानमन्त्री नियुक्त देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार संसदको पहिलो बैठकमै विश्वासको मत लिनु भएको हो ।

पाँच दलीय गठबन्धनका माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरेका थिए। विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउनु हुने छ । अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ । यो समय गुजारेपछि देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचन गराएर विदा हुनुहुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *