Main News

ल्याण्डफिल्ड साइट जाने बाटो भत्किएपछि एक हप्तादेखि उठ्न सकेन काठमाडौंको फोहोर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३ गते १९:०६
ल्याण्डफिल्ड साइट जाने बाटो भत्किएपछि एक हप्तादेखि उठ्न सकेन काठमाडौंको फोहोर (भिडियो रिपोर्टसहित)

३ साउन २०७८ काठमाडौं । लगातारको वर्षापछि सिसडोलस्थित ल्यान्डफिल साइट जाने बाटो बन्द भएपछि काठमाडौं उपत्यकाको फोहोर एक सातादेखि उठ्न सकेको छैन ।

काठमाडौको सडक वरपर अहिले फोहोरको डंगुर थुप्रिएको छ । फोहोर लिन नआएपछि घरभित्रको फोहोर काठमाडौंका बासिन्दाले बाहिर सडकमै निकालेका छन् । फोहोर सडकमा फाल्ल थालिएपछि दुर्गन्ध फैलन थालेको छ ।

यही हुन् काठमाडौको मुख्य क्षेत्र बानेश्वरको सडकमा थुप्रिएको फोहोर । काठमाडौं उपत्यकाका ठाउँ ठाउँमा अहिले यस्तै छ ।

काठमाडौ महानगरपालिका र फोहोर संकलन गर्दै आएका निजी संघ संस्ठा फोहोर उठाउन नआएपछि काठमाडौंका बासिन्दाले घरको फोहोर सडकमा फाल्न थालेका छन् ।

जसले गर्दा चोकचोकमा फोहोरको थुप्रो बढेको छ । सडक छेउमा फोहोर थुप्रिएपछि हिड्नसमेत समस्या परेको छ । काठमाडौ फोहोरमाण्डु बनेको छ ।

फोहोर व्यवस्थापन हुने सिसडोल ल्यान्डफिल साइट जाने सडक वर्षाका कारण हिलाम्मे छ । त्यहाँ गाडी फस्छन् । त्यसैले फोहोर फाल्नै नसकेपछि काठमाडौंको फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाको तर्क छ ।

काठमाडौंमा दैनिक एक हजारदेखि १२ सय टनसम्म फोहोर निस्कन्छ । हरेक दिन फोहोर थपिदै जाँदा काठमाडौका अधिकांश सडक छेउमा फोहोरले दुर्गन्धित बनाईररहेको छ । सडक छेउछाउमा पसल गर्ने व्यवसायी समेत समस्यामा परेका छन ।

तर महानगर भने फोहोर उठाउन सिसडोलको सडक बन्नु पर्ने र त्यसका लागि पानी पर्न रोकिनु पर्ने बताउँछ ।

यसरी हप्तै दिनसम्म सडकमा थु्रपिएको फोहोरबाट दुर्गन्ध फैलन थालिसक्दा पनि फोहोर उठाउन नआएपछि अन्य संक्रामक रोगको त्रास बढेको छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि महानगरले वैकल्पिक स्थान समेत नखोजेर शहरलाई दुर्गधित बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *