देउवालाई विश्वासको मत दिने विषयमा एमाले नेपाल–खनाल पक्षमा विवाद (भिडियो रिपोर्टसहित)

३ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयलाई लिएर नेकपा एमालेको नेपाल–खनाल पक्षमा विवाद भएको छ ।
अधिकांश नेताहरु भोट दिने पक्षमा रहेपनि केहीले विरोध गरेका छन् । नेपाल–खनाल पक्षका नेता एवम एमाले सचिव भीम आचार्यले आज विश्वासको मत लिने निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फूटाउन खोजेको आरोप लगाउनुभएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालसितको छलफलपछि सचिव आचार्यले प्रधानमन्त्री देउवाप्रति आक्रोश व्यक्त गर्नुभयो ।
आचार्यले आफ्नो समूहमा देउवालाई भोट दिने विषयमा कुनै छलफल र निर्णय नभएको भन्दै कसैले भोट दिए त्यो व्यक्तिगत हुने बताउनुभयो ।
देउवालाई मेटमणि चौधरी, झपट रावल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, यज्ञराज सुनुवार, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, कलिला खान, कल्याणी खड्काले भोट दिने तय भएको छ ।
भीम रावल, सुरेन्द्र पाण्डे लगायतका नेताले अहिलेसम्म भोट नदिने देखिएको छ । योगेश भट्टराईले भोट नदिने घोषणा गरिसक्नुभएको छ ।
प्रतिक्रिया