देउवालाई विश्वासको मत दिने सांसद एमाले नरहने घोषणा (भिडियो रिपोर्टसहित)

३ साउन २०७८ काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने निर्णय गरेको छ ।
नेपाल खनाल पक्षले देउवालाई भोट दिने तयारी गरेपछि एमाले संस्थापन पक्षले उनीहरु अब पार्टीमा नरहने घोषणा गरेको हो ।
एमाले स्थायी कमिटी बैठकले देउवालाई भोट दिनेहरु पार्टीमा नरहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
आफ्नै पार्टीको सरकार ढाल्ने अनि विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाएर विश्वासको मत दिनेहरुका लागि पार्टीमा ठाउँ नरहेको ज्ञवालीले घोषणा गर्नुभयो ।
वरिष्ठ नेता माधवकुमार नेपाल एकताको पक्षमा नरहेको र आफूहरुले प्रयास गर्दा पनि नमानेको ज्ञवालीले बताउनुभयो । नेपालको योजना नै अर्कै रहेको ज्ञवालीको दावी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ ।एमाले संस्थापन पक्षले देउवालाई विश्वासको मत नदिने निर्णय गर्दै त्यसै अनुसार कार्यान्वयन गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया