Main News

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन सांसदहरुलाई एमालेका वरिष्ठ नेता खनालको अपील

हिमालय टिभी
२०७८ साउन ३ गते १३:११
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन सांसदहरुलाई एमालेका वरिष्ठ नेता खनालको अपील

३ साउन २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदहरुलाई अपील गर्नुभएको छ ।

वक्तव्य जारी गर्दै खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका पार्नुभएको छ ।

यो सरकार संविधानको धारा ७६ को ५ बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वासको मत नपाए मुलुकको स्थिति फेरी संकटग्रस्त हुने भन्दै खनालले कुनै पनि अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन एमालेका सासदहरुलाइ खनालले आग्रह गर्नुभएको छ ।

गत असार २७ गते सर्वोच्च अदालतको फैसलाले निकै लामो समयदेखि गलत बाटोमा गइरहेको नेपालको लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठिक बाटोमा ल्याएको र संविधानको संरक्षण भएको पनि खनालले बताउनुभएको छ ।

सर्वोच्चको फैसला नेपालको संवैधानिक–राजनीतिक इतिहासमा ऐतिहासिक भएको खनालको भनाइ छ । खनालले अहिले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहनुभएका छ ।

खनालले वक्तव्यमा आफ्नो स्वास्थ्यमा क्रमशः सुधार आइरहेको पनि जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *