Main News

कोरोनाको तेस्रो लहरबाट जोगिन र खोप खरिद चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

हिमालय टिभी
२०७८ साउन ३ गते १३:०४
कोरोनाको तेस्रो लहरबाट जोगिन र खोप खरिद चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

३ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरबाट जोगिन पूर्व तयारी थाल्न र खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बालुवाटार बोलाएर निर्देशन दिनु भएको हो ।

उहाँले परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड, आईसीयूको प्रबन्ध गर्न र नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *