Main News

कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान बस्दै

हिमालय टिभी
२०७८ साउन ३ गते ९:०५
कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान बस्दै

३ साउन २०७८ काठमाडौं । आजबाट शुरु हुने प्रतिनिधि सभाको बैठक के कसरी सञ्चालन गर्ने भन्नेबारेमा निर्णय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

बिहान १० बजे सिंहदरवारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

बैठकको कार्यसूचिलाई अन्तिम रूप दिन कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुख अग्नि सापकोटाका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा राजनीतिक दलको तर्फबाट नेताहरूले सम्बोधन गर्ने वा नगर्ने, कसरी छलफल अघि बढाउने भन्ने बारेमा छलफल हुनेछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बलियो भूमिका निर्वाह गर्ने भएपछि कसरी अघि बढ्ने भन्ने बारेमा पनि बैठकमा छलफल हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *