Main News

समान रुपमा मन्त्रालय बाँडफाँट गर्न जसपाको माग

हिमालय टिभी
२०७८ साउन ३ गते ७:३३
समान रुपमा मन्त्रालय बाँडफाँट गर्न जसपाको माग

३ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले सरकारमा सहभागी दलहरुबीच समान रुपमा मन्त्रालय बाँडफाँट हुनुपर्ने बताएको छ ।

साथै संविधान संशोधन, नागरिकता विधेयक, मधेस आन्दोलनका क्रममा लागेका फिर्ता र कार्यकर्ताको रिहाइको मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता सरकारको न्यूनतम साझा कार्यक्रममा आउनुपर्ने उसले अडान राखेको छ ।

दुई खेमामा विभाजित जसपाको यादव पक्षको हिजो बसेको संसदीय दलको बैठकमा बहुमत सांसद उपस्थित भएका थिए । बैठकमा सरकारमा पार्टीको सहभागिता र सम्भावित मन्त्रालयबारे समेत छलफल भएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मात्र सरकारमा भए आफूहरुलाघ ७ वटा मन्त्रालय र एक राज्यमन्त्री पाउनु पर्ने जसपाको माग छ ।

सरकारको नेतृत्व गरेको कांग्रेसले गृह तथा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय लिइसकेकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आफूले पाउनुपर्ने जसपा यादव पक्षको माग छ ।

मन्त्रालय भागवण्डा र सरकारको न्यूनतम साझा कार्यक्रम बनेपछि आफूहरु सरकारमा जाने सांसद राईले बताउनुभयो । जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा चलिरहेको छ, जसमा आजदेखि सुनुवाइ गर्ने कार्यतालिका छ ।

न्यनतम साझा कार्यक्रम बन्यो र आयोगमा सनाखत प्रक्रिया पूरा भयो भने जसपाले आफू सरकारमा जाने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *