Main News

समिति सदस्यमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २ गते १८:४५
समिति सदस्यमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न निर्देशन (भिडियो रिपोर्टसहित)

२ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानविन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकले कुटपिटमा संलग्न सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतसमेतसँग स्पष्टीकरण लिई कारबाही गर्न निर्देशन दिएको हो ।

केन्द्रीय सदस्यसमेत रहेका छानविन समितिका सदस्य घिमिरेमाथि हिजो कुटपिट भएको थियो । बैठकले समितिलाई सहज रुपमा काम गर्ने वातावरण बनाइदिन पनि सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *