Main News

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, १८७५ संक्रमित थपिए

हिमालय टिभी
२०७८ साउन २ गते १६:५४
कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, १८७५ संक्रमित थपिए

२ साउन २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । १८ सय ७५ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ८ सय ५८ पीसीआर परीक्षण गर्दा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टिजेन परीक्षण गर्दा ५ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या हिजोको तुलनामा कम हो । तर संक्रमणदरमा भने खासै कमी आउन सकेको छैन ।

पछिल्लो पटकको परीक्षणको आधारमा संक्रमणदर १८ प्रतिशत भन्दा बढी छ । नयाँ सक्रमित मध्ये काठमाडौं उपत्यकामा ४ सय २८ जना छन् । काठमाडौंमा २ सय ९९, ललितपुरमा ७७ र भक्तपुरमा ५२ जना थपिएका छन् ।

उपत्यका बाहिर मोरङ, सुनसरी र कास्कीमा एक सय भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । थप २१ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा अहिले २५ हजार ९ सय ५२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ५ सय ८३ जनाको आइसीयूमा र १ सय ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *