Main News

एमाले अध्यक्ष ओली र जसपाको ठाकुर समूहका नेताबीच भेटवार्ता

हिमालय टिभी
२०७८ साउन २ गते १३:१३
एमाले अध्यक्ष ओली र जसपाको ठाकुर समूहका नेताबीच भेटवार्ता

२ साउन २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले भेटवार्ता गरेका छन् ।

भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई पक्षबीच वार्ता भएको हो । जसपा अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा आज बिहान बालकोट जानुभएको हो ।

एमाले अध्यक्ष ओलीसँग जसपा नेताहरुले आगामी संसद अधिवेशन, प्रधानमन्त्रीलाई दिने विश्वासको मतलगायतका विषयमा छलफल भएको हो ।

केही समय सत्ता सहकार्य गरेका दुई दलबीच आगामी रणनीतिबारे पनि छलफल भएको छ । छलफलका क्रममा वर्तमान सरकारलाई विश्वासको मत नदिने र आगामी चुनावसम्म नै सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ ।

जसपाका नेता शरतसिंह भण्डारीले पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा भएको जानकारी दिनुभयो । जसपाकै उपेन्द्र यादव समूह देउवा सरकारमा सहभागी हुने तयारी गरिरहेका बेला ठाकुर समूह भने एमालेसँगै विपक्षमा रहने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *