Main News

नेपाली सेनाको आठ पृतना आजदेखि खारेज

हिमालय टिभी
२०७८ साउन १ गते १९:१०
नेपाली सेनाको आठ पृतना आजदेखि खारेज

१ साउन २०७८ काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यका र सात प्रदेशमा रहेका आठ पृतना आजदेखि खारेज गरेको छ । उसले चार ठाउँमा केन्द्रित हुने गरी सांगठनिक पुनर्संरचना लागू गरेको छ ।

आठ पृतना खारेज गर्दै सेनाले अब कोशी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काठमाडौं उपत्यकाका लागि एक गरी चारवटा केन्द्रीय कमाण्ड बनाएको हो । यसलाई सेनाले तीन जोड एक केन्द्रीय कमाण्ड भनेको छ ।

कोशी पूर्वलाई पूर्वी कमाण्ड, काठमाडौं उपत्यकाबाहेक कोशी र गण्डकी बीचको भू–भागलाई मध्य–कमाण्ड, काठमाडौं क्षेत्रलाई उपत्यका कमाण्ड र कर्णाली र सुदूरपश्चिमलाई समेटेर पश्चिम कमाण्डको संरचना तयार पारिएको छ ।

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा प्रधानसेनापति पुर्णचन्द्र थापाले नयाँ संरचना लागू भएको घोषणा गर्नुभयो । यसको पूर्ण कार्यान्वयन भने २०८१ असार मसान्त सम्ममा भइ सक्ने सेनाले जनाएको छ।

अधिकृत र सकल दर्जासँग सम्बन्धित दरबन्दिहरुको हकमा भने क्रमिक रुपमा आगामी ६ वर्षको अवधि भित्र पूरा गरिने सेनाले लक्ष्य राखेको छ ।

गत फागुनमै मन्त्रिपरिषदले नयाँ संरचना लागू गर्न स्वीकृति दिए पनि बजेटलगायतका कारण ढिलाइ भएको सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *