Main News

दलहरुबीच बृहत्तर राष्ट्रिय एकता आवस्यकः सभामुख सापकोटा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १ गते १६:३६
दलहरुबीच बृहत्तर राष्ट्रिय एकता आवस्यकः सभामुख सापकोटा (भिडियो रिपोर्टसहित)

१ साउन २०७८ काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले दलहरुबीच बृहत्तर राष्ट्रिय एकता आवस्यक रहेको बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा आज पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले समग्र राष्ट्रिय परिस्थिति विचार गर्दा फेरि पनि राष्ट्रिय एकताको खाँचो देखिएको बताउनुभयो ।

सभामुख सापकोटाले संविधान जारी भएपछि जनताको आशालाई विश्वासमा परिणत गर्न पनि दलहरुबीच समझदारी जरुरी रहेको बताउनुभयो ।

पर्सि सोमबारका लागि बोलाइएको संसद अधिवेशनको तयारीबारे सभामुख सापकोटाले आज संसद भवन पुगेर जानकारी लिनुभएको छ । आजै सभामुख, सांसद लगायतको कोरोना परीक्षण पनि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *