राजनीति

देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १ गते १६:२६
देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय (भिडियो रिपोर्टसहित)

१ साउन २०७८ काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।

स्थायी कमिटीको आज बसेको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको छ । अहिलेको सरकार अलोकतान्त्रिक र अस्वस्थ विधिबाट बनेको एमालेको दावी छ ।

त्यसैले देउवा सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई यो निर्णयको पालना गर्न निर्देशन समेत दिएको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने पनि बताउनुभयो ।

अदालतले बाटो खोलिदिएकोले कोही सरकारका पक्षमा उभिन चाहे जान सक्ने तर त्यो व्यक्तिगत हुने ज्ञवालीले बताउनुभयो ।

एमालेको नेपाल खनाल समूहले देउवालाई विश्वासको मत दिने तयारी गरिरहेका बेला संस्थापन पक्षले समर्थन नदिने औपचारिक निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *