Main News
मस्तिष्कघात भएपछि मेयर जिसीलाई काठमाडौं ल्याइयो
२०७८ साउन १ गते १४:१८
्१ साउन २०७८ काठमाडौं । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ ।
मेयर जिसीलाई आज बिहान करिब ४ बजेको समयमा मस्तिष्कघात भएको हो । अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उहाँका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो ।
मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
प्रतिक्रिया