राजनीति

नेपाल-खनाल पक्षको आग्रह अस्वीकार, १० बुँदे सहमति अनुमोदन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १ गते १३:४२
नेपाल-खनाल पक्षको आग्रह अस्वीकार, १० बुँदे सहमति अनुमोदन (भिडियो रिपोर्टसहित)

१ साउन २०७८ काठमाडौं । नेपाल खनाल पक्षको आग्रह अस्वीकार गर्दै बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम राख्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ ।

बैठकले सहमति ग्रहण गरी धन्यवाद सहित कार्यदल विघटन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

१० सदस्यीय कार्यदलले असार २७ गते राति एमाले एकताका लागि १० बुँदे सम्झौता गरेको थियो । र, त्यसैका आधारमा एकता खोज्ने प्रयास भैरहेको थियो । तर सर्वोच्च अदालतले संसद पूनस्थापना गर्दै केपी शर्मा ओलीलाई सत्ताच्यूत गरेपछि एकता फेरि संकटमा परेको छ ।

एकता जोगाउन र छलफल गर्न भन्दै नेपाल खनाल पक्षका नेता भीम रावल, सुरेन्द्र पाण्डे,घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य बैठक स्थल पुगेपनि अध्यक्ष केपी शर्मा ओलीले बैठक रोक्न अस्वीकार गर्नुभयो ।

एमाले उपाध्यक्ष रावलले स्थायी कमिटी बैठक र संसदीय दलको बैठक रोक्न आग्रह गर्नुभएको थियो । तर ओलीले त्यसलाई अस्वीकार गर्नुभयो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले अब बैठक नरोकिने र पार्टी गतिमा अघि बढ्ने बताउनुभयो ।

रावलले स्थायी कमिटी बैठकमा सहमति अनुसार बैठक डाक्न, ओली र नेपालबीच वार्ता गर्न, एमाले खण्डित हुने गतिविधि नगर्न, प्रस्ताव गर्नुभएको थियो । तर ओलीले त्यसबारे कुनै प्रतिक्रिया नदिई बैठक चलाउन निर्देशन दिनुभएको थियो ।

त्यसपछि नेपाल खनाल पक्षका नेता बाहिरिएका थिए । र, ओली पक्षको बैठकले सरकारलाई समर्थन नदिने र कार्यदल विघटन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्