Main News
प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश (भिडियो रिपोर्टसहित)
२०७८ साउन १ गते १३:१४

१ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्नुभएको छ ।
गत मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा आज बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सर्नुभएको हो ।
प्रधानमन्त्री देउवा बिहान बजेको शुभसाइतमा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्नुभएको हो । उहाँलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए ।
सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया