Main News
प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै
२०७८ साउन १ गते ९:१०

१ साउन २०७८ काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्नुहुने भएको छ ।
देउवाको सचिवालयका अनुसार बिहान ९ः५७ बजे बालुवाटार सर्ने तयारी भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर दिएको परमादेशसँगै कांग्रेस सभापति देउवा गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गत बुधबार बालुवाटारस्थित सरकारी निवासबाट बालकोट सर्नुभएको थियो । आज बस्ने भनिएको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक भने अनिश्चित बनेको छ ।
प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक बस्ने वा नबस्ने भन्ने बारेमा टुङ्गो नलागेको नेताहरूले बताएका छन् ।
प्रतिक्रिया