Main News

फेरि बढ्न थाल्यो कोरोना संक्रमण

हिमालय टिभी
२०७८ असार ३१ गते २०:५९
फेरि बढ्न थाल्यो कोरोना संक्रमण

३१ असार २०७८ काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढिरहेको छ । पछिल्लो एक हप्ताको तथ्यांक हेर्ने हो भने संक्रमण बढ्दै गएको स्पष्ट हुन्छ ।

विज्ञहरुले कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहेका छन् । स्वास्थ्य मन्त्रालयले लकडाउन खुकुलो भए पनि लापरबाही नगर्न पटकपटक नागरिकलाई आग्रह गरिरहेको छ ।

कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि बढिरहेको छ । असारको अन्तिम साताको विश्लेषण गर्ने हो भने पनि यो कुरा स्पष्ट देखिन्छ । असारको २५ गतेयता एन्टिजेन र पीसीआर गरी ११ हजार ३ सय १३ जनाको परीक्षण गरिएको थियो ।

परीक्षण गरिएका मध्ये ६ हजार १ सयमा ३५ जनामा संक्रमण देखियो । जुन ५० प्रतिशत हो । असार २६ गते १० हजार चार सय १७ जनाको परीक्षण गरिएको थियो । ती मध्ये दुई हजार १ सय ६९ जनामा संक्रमण देखियो ।

जुन १९ प्रतिशत हो । २७ गते पीसीआर र एन्टिजेन गरी ९ हजार २ सय १८ जनाको परीक्षण गरियो । परीक्षण गरिएका मध्ये १ हजार ८ सय ३१ जनामा संक्रमण देखिएको छ ।

२८ गते ११ हजार ५ सय ८४ जनामा परीक्षण भएको थियो भने २ हजार ३ सय ७० जनामा संक्रमण पुष्टि भयो । असार २९ गते ११ हजार १२ जनाको परीक्षण भयो । परीक्षण गरिएका मध्ये २ हजार ३ सय ९८ मा संक्रमण पुष्टि भएको थियो ।

असार ३० गते १३ हजार २४ जनाको परीक्षण गरिएकोमा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भयो । असार ३१ गते अर्थात आज १२ हजार ७ सय ६८ परीक्षण गरिएकोमा २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्याकंलाई हेर्ने हो भने कोरोना संक्रमण कम भएको छैन भन्ने स्पष्ट हुन्छ ।

अहिले पनि नेपालमा संक्रमण सर्ने दर १९ दशमलव २ प्रतिशत छ । त्यस्तै सातै प्रदेशमा रहेको विभिन्न अस्पतालहरुमा ६ सय २ जना कोरोना संक्रमित आईसीयुमा छन् भने १ सय ७१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसले कोरोना संक्रमण फैलिरहेको स्पष्ट देखाउँछ । कोरोना संक्रमण शुन्य नभइ ढुक्क हुने अवस्था नरहेकाले सबैले स्वास्थ्य सावधानी अपनाउनुको विकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *