Main News

जनतालाई सरकार भएको अनुभूति गराउने गृहमन्त्री खाँडको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ३१ गते २०:५५
जनतालाई सरकार भएको अनुभूति गराउने गृहमन्त्री खाँडको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

३१ असार २०७८ काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले जनतालाई सरकार भएको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँँले जनतालाई सरकार साथमा रहेको र दुख सुखमा साथ दिन्छ भन्ने गरी काम गर्ने बताउनुभयो ।

गृहमन्त्री खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा भएको बताउनुभयो । उहाँले कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै सरकारको मूल प्राथमिकता रहेको बताउनुभयो ।

गृहमन्त्री खाँडले सबैलाई कोरोनाविरुद्धको खोप छिटोभन्दा छिटो लगाउने र सबै संक्रमितको जीवन बचाउन सरकार दत्तचित्त रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *