Main News

नेता नेपालमाथि भइरहेको धम्कीपूर्ण व्यवहारको प्रतिकार गर्ने एमालेको नेपाल पक्षका युवाको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ३१ गते २०:४८
नेता नेपालमाथि भइरहेको धम्कीपूर्ण व्यवहारको प्रतिकार गर्ने एमालेको नेपाल पक्षका युवाको चेतावनी (भिडियो रिपोर्टसहित)

३१ असार २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा -विद्यार्थीले आफ्ना नेतामाथि भइरहेको धम्कीपूर्ण व्यवहारको प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

वरिष्ठ नेता नेपाल तथा उहाँ निकट नेतामाथि अध्यक्ष ओली पक्षधरबाट हुने आक्रमणको प्रतिकार गर्न भन्दै अखिल फोर्स गठन गरिएको छ । र उनीहरुले आफ्ना नेताका घर तर्फ कसैले आँखा लगाए वा खुट्टा लम्काए भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट युवाले युथ फोर्स ब्युँताउँदै नेपाल र उहाँ पक्षीय नेताको घर घेर्ने चेतावनी दिएका थिए । त्यस लगत्तै नेपाल पक्षका युवा विद्यार्थीले ५ सय १ सदस्यीय अखिल फोर्स गठन गर्दै प्रतिकारको चेतावनी दिएका हुन् ।

अनेरास्ववियु केन्द्रीय कमिटीको उपत्यकास्तरीय कार्यकर्ता भेलाले आज तपेन्द्रजंग शाहीको नेतृत्वमा ५ सय १ सदस्यीय अखिल फोर्स गठन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *