Main News

विपक्षी गठनबन्धनको बैठकमा नेपाल–खनाल समूह सहभागी

हिमालय टिभी
२०७८ असार ३१ गते २०:२९
विपक्षी गठनबन्धनको बैठकमा नेपाल–खनाल समूह सहभागी

३१ असार २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल खनाल पक्ष सत्तापक्षीय गठबन्धनको बैठकमा सहभागी भएको छ ।

अस्ति गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अब गठबन्धनमा नबस्ने बताएपनि आज नेपाल–खनाल पक्षका तर्फबाट डाक्टर विजय पौडेल सहभागी हुनुभएको हो ।

वरिष्ठ नेता नेपालले पठाएपछि डाक्टर पौडेल बैठकमा गएको बताइएको छ । पौडेलले देउवालाई विश्वासको मत दिनुपर्छ भनेर अडान राख्दै आउनुभएको छ ।

हिजो ओलीले नेपाललाई गद्दार घोषणा गरेपछि नेपाल खनाल समूह पनि खुलेर देउवाको पक्षमा देखिन थालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा झण्डै दुई घण्टा बसेको बैठकमा सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको नेताहरुले जानकारी दिएका छन्।

बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले समसामयिक राजनीति र सरकार सञ्चालनका विषयमा छलफल भएको जानकारी दिनुभयो । यस्तै, सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्ने भन्ने विषयमा पनि छलफल छ । ,

कुनै पनि विषयमा निर्णय नभएको यादवले बताउनुभयो । बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र एमाले नेता डाक्टर विजय पौडेल सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *