Main News

यातायात भाडा बढ्यो, ओली सरकारको निर्णय अहिले सार्वजनिक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ३१ गते ७:०१
यातायात भाडा बढ्यो, ओली सरकारको निर्णय अहिले सार्वजनिक (भिडियो रिपोर्टसहित)

३१ असार २०७८ काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धि भएको भन्दै सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।

यातायात व्यवस्था विभागको कार्यदलले बनाएको प्रतिवेदन अनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट भाडादर बढाइएको हो ।

विभागका अधिकारीका अनुसार बढेको भाडा असार २९ गतेदेखि लागू गर्ने निर्णय भएको थियो । तर सरकार परिवर्तन भएकाले निर्णय बुधबार मात्रै सार्वजनिक गरिएको हो ।

सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *