अदालत हाजिर भएका गच्छदार दश लाख धरौटीमा रिहा

३० असार २०७८ काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्ट अदालतमा हाजिर भएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा हुनुभएको छ ।
ललिता निवासको सरकारी जग्गा ब्यक्तिको नाममा नामसारी गरेको अभियोग लागेका गच्छदार लुकेर बस्नुभएको थियो । तर देउवा प्रधानमन्त्री भएको अर्को दिन विशेष अदालतमा हाजिर हुनुभयो । र अदालतमा धरौटीमा रिहा गर्यो । रिहा भएपछि गच्छदारले आफू विरुद्ध षडयन्त्र भएको दावी गर्नुभयो ।
थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीको इजलासले गच्छदारलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । ललिता निवास जग्गाको मुद्दा लागेपछि गच्छदार फरारहुनुहुन्थ्यो ।
सत्ता फेरिएको भोलिपल्टै आझ बिहान १० बजे अदालतमा उपस्थित भएपछि चार घण्टासम्म बयान लिइएको थियो । बयान सकिएपछि साढे २ बजेदेखि थुनछेक बहस सुरु भएको थियो ।
२०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा गच्छदार सहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
अहिलेसम्म केही आरोपितहरु विशेष अदालतमा उपस्थित भएर धरौटी वा तारिखमा छुटेका छन् भने केही थुनामा छन् ।
प्रतिक्रिया