Main News

एमालेको नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

हिमालय टिभी
२०७८ असार ३० गते २०:२९
एमालेको नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

३० असार २०७८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र संसद पूरा कार्यकाल कायम राख्ने आश्वस्त पार्नुभएको छ ।

नेपाललाई भेट्न निवासमै पुगेका देउवाले विश्वासको मत दिन आग्रह गरेपछि नेपालले सकारात्मक जवाफ दिनुभएको हो । भेटपछि नेपाल निकट नेता एवं सांसद विरोध खतिवडाले संसद पुरा कार्यकाल चलाउन आफ्ना तर्फबाट हुने सबै काम गर्नेभन्दै विश्वासको मत दिने बताउनुभयो ।

एमालेका कति जनाले देउवालाई विश्वासको मत दिन्छन त भन्ने पत्रकारको प्रश्नमा अहिले २३ भएपनि त्यतिबेलासम्म ५० जनाले मत दिन सक्ने बताउनुभयो ।

एमालेको नेपाल समूहका सांसदको समर्थनमा देउवा प्रधानमन्त्री बन्नुभएको थियो । तर पछिल्लो पटक एमालेमा एकता प्रक्रिया अघि बढेपछि नेपाल खनाल समूह अन्योलमा देखिएको थियो ।

आज अध्यक्ष ओलीले चर्को अभिव्यक्ति दिएपछि नेता नेपाल पनि प्रधानमन्त्री देउलाई विश्वासको मत दिने मनस्थितिमा पुग्नुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पार्टीमा ठाउँ रहेको बताएकोमा खतिवडाले त्यो कुनै नयाँ कुरा नभएको प्रतिक्रिया दिनुभयो ।

ओली आक्रामक हुँदै गएपछि नेपाल खनाल समूहले देउवालाई विश्वासको मत दिने र नयाँ पार्टी बनाएर अघि बढ्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *