Main News

देउवाद्वारा प्रधानमन्त्रीको शपथ लिन अस्वीकार, नियुक्ति सच्याउन माग

हिमालय टिभी
२०७८ असार २९ गते १९:०३
देउवाद्वारा प्रधानमन्त्रीको शपथ लिन अस्वीकार, नियुक्ति सच्याउन माग

२९ असार २०७८ काठमाडौं । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्दा निकालेको सूचनामा उल्लेखित भाषालाई लिएर विवाद भएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले भाषमा असन्तुष्टि जनाएपछि सपथ कार्यक्रममा ढिलाइ भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा ६ बजेका लागि सपथ कार्यक्रम तय गरिएको थियो ।

देउवाले मुख्यसचिव शंकरदाश वैरागीलाई टेलिफोन गरी भाषा नसच्चाएसम्म सपथ नलिने बताउनुभएको थियो । त्यसपछि देउवालाई लिन मुख्यसचिव आफै देउवा निवास बुढानिलकण्ठ पुग्नुभएको थियो ।

अहिले देउवा शीतल निवास आइपुग्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेको भन्दै देउवाले असन्तुष्टि जनाउनुभएको हो ।

देउवाले राष्ट्रपतिले नियुक्ति सच्याएर संविधानको धारा ७६ (५) अनुसार उल्लेख गर्नुपर्ने अडान राख्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *